दयाहाङकी श्रीमती बेनुकाले गाइन् ‘मिरमिरे’ गीत
यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’ को नयाँ गीतमा गायिका बेनुका राईले स्वर भरेकी छन्। गायनमा लामो समयपछि फर्किएकी बेनुका अभिनेता दयाहाङ राइकी श्रीमती हुन्। चलचित्रमा दयानै प्रमुख भूमिकामा रहेका छन्। बाबुछोरीको सम्बन्धको कथा प्रस्तुत चलचित्रको टिजर दर्शकले मन पराएका छन्। बेनुकाको स्वर रहेको यो गीतमा हर्क साउदको शब्द र मनोज थापा मगरको संगीत छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।



