माओत्से गुरुङले थाले चलचित्र ‘पेन्सन पट्टा’को छायांकन


माओत्से गुरुङको निर्देशनमा तयार हुने चलचित्र ‘पेन्सन पट्टा’को शुभमुहूर्त सहित छायांकन सुरु गरिएको छ । ३५ दिनको सेड्युल लिएर कास्की जिल्लाको ताङतिङ गाउँबाट चलचित्रको छायांकन सुरु गरिएको हो।

गुरुङ चलचित्र का ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने चलचित्रलाई सुशन प्रजापतिले खिच्ने चलचित्रको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । यो चलचित्रको संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्