सकियो ‘लालीबजार’ को छायांकन
अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा रहेको चलचित्र ‘लालीबजार’ को छायांकन सकिएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्रको बर्दियामा ४० दिन लगाएर छायांकन सकिएको हो।

षट्कोण आर्ट्सको व्यानरमा तयार भइरहेको चलचित्रमा रविन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी छ भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् । चलचित्रमा रविन्द्र सिंह बानियाँ, आशा पौडेल, विशाल सापकोटा, गोविन्द सुनार, अभय बराल, समायरा थापा लगायतका कलाकारहरूको अभिनय छ । चलचित्रलाई फागुन १ गतेबाट रिलिज गर्ने तयारी निर्माण टिमले गरिरहेको छ।



