आकृति र अभिषेकको प्रेम भावमा ‘कुमारी’ को गीत


दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ को दोश्रो गीत ‘तिमी बिना’ सार्वजनिक भएको छ। केहर सिंह लिम्बुको स्वर रहेको गीतमा सुमन तामाङ्गको शब्द र सुमन र केहरको संगीत रहेको छ।

प्रेमिल भावको अडियो र भिडियो तयार गीतको भिडियोमा आकृति राजभण्डारी र अबिषेक खड्का फिचर रहेका छन् । दुवैको आत्मीयता, आपसी नजिकपन र प्रेम भाव भिडियोमा प्रस्तुत गरिएको छ। यस अगाडी सार्वजनिक ‘कता छौ मेरो फूल’ गीतले सफलता प्राप्त गरिसकेको छ ।

माघ २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्