चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक
पौष ४ गतेबाट रिलिज भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को नयाँ गीत सार्वजनिक गरेको छ। दर्शकले हलमा राम्रो प्रतिक्रिया पाइरहेको चलचित्रमा समावेश ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । गीतमा हेमन्त रानाको स्वर, गणेश कार्कीको शब्द रचना, मनोज थापा मगरको संगीत रहेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । चलचित्रमा गणेश उप्रेती, दीपाश्री निरौला, अर्जुन घिमिरे ‘पाँडे’ , प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल लगायतका कलाकारको अभिनय रहेको छ ।
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको चलचित्रलाई युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङ लगायतले हेरेर उत्कृष्ट प्रतिक्रिया दिईसकेका छन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको चलचित्रको सह- निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन्।



