पल शाह मेरो क्रस हुनुहुन्छ- उषा उप्रेती
अभिनेता पल शाह र मोडल उषा उप्रेतीले धेरै सफल म्युजिक भिडियोमा सहकार्य गरेका छन्। माया गरमला, पिरिम लगाम कान्छी, यस्तो माया लगायत दर्जनौ हिट भिडियोमा सहकार्य गरेको यो जोडी चलचित्रमा देखिदैछ। उषा उप्रेतीको डेव्यु चलचित्र ‘आ बाट आमा’ मा पल शाह प्रमुख भूमिकामा रहेका छन्। पल र उषाको जोडी बाँधिएको चलचित्रको चर्चासंगै पल र उषाको जोडीको पनि चर्चा बजारमा रहेको छ। उसो त पलको जोडी दर्शकले प्रकृति श्रेष्ठ, आंचल शर्मा, मलिका महत लगायत धेरै अभिनेत्रीहरु संग रुचाएका छन्। अहिले पलको जोडी उषासंग दर्शकले रुचाइरहेका छन्।

डेव्यु चलचित्रलाई लिएर उत्साहित रहेकी उषाले पलसंगको सहकार्यका अनुभव खुलेर साटिरहेकी छिन्। उनले आफ्नो जन्मदिनको केक पलसंगै काटेकी छिन्। चलचित्रको टीमले आयोजना गरेको जन्मदिन बिशेष सेलिब्रेसन कार्यकममा पल र उषाले एकअर्काको खुलेर प्रसंसा समेत गरेका छन्। उषाले पल आफ्नो मन पर्ने अभिनेतासंगै क्रस भएको समेत बताएकी छिन्। उनले चलचित्रमा पलसंग डेव्यु गर्न पाउँदा उत्साहित रहेको बताएकी छिन्। पल र उषाको जोडीलाई दर्शकले पनि खुलेर साथ दिईरहेका छन्।
चन्द्र पन्त निर्देशित चलचित्र माघ १६ गतेबाट रिलिज हुँदैछ। चलचित्रको शिर्ष गीतले सामाजिक संजालमा चर्चा पाईरहेको छ। विपना थापा, प्रदिप रावत, सिम्रन पन्त, साइग्रेस पोख्रेल लगायत कलाकार अभिनित चलचित्रले बक्स अफिसमा आकर्षक व्यापार गर्ने अनुमान गरिएको छ।



