बल्छी धुर्वेको स्वरमा ‘गोबर गणेश’ को शीर्ष गीत (भिडिओ)
मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक भएको छ । बाबुल गिरिको शब्द तथा संगीतमा तयार भएको चलचित्रको गीतमा मरिचमान श्रेष्ठको स्वर रहेको छ। रमाइलो शैलीमा तयार भएको चलचित्रको गीतमा शिर्ष कलाकारलाई प्रस्तुत गरिएको छ।

गीतले सबै कुरामा परफेक्ट रहेको व्यक्ति पढाइमा भने कमजोर रहेको पक्षले पार्ने असरलाई देखाएको छ । पढाई कमजोर हुँदा त्यसले आत्मविश्वास कसरी गिर्छ भन्ने गीतले प्रष्ट पार्छ । गम्भीर बिष्टको कोरियोग्राफीमा तयार बहेको भिडियोमा मरिचमान श्रेष्ठ, बर्षा शिवाकोटी, निर्मल शर्मा लगायतका कलाकारलाई प्रस्तुत गरिएको छ।
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा तयार भएको चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ। हाल पोष्ट प्रोडक्सनमा रहेको चलचित्रमा मरिचमान श्रेष्ठ, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।



