बेनिशा हमालको चलचित्र ‘द ब्ल्यू लाइट’ को टिजर सार्वजनिक
चलचित्र ‘द ब्ल्यू लाइट’ को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट टिजर सार्वजनिक गरिएको हो।

साइकोलोजिकल थ्रिलर जनरामा निर्मित चलचित्रको टिजरमा महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु भएको छ। टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । टिजर रिलिजसंगै पौष १० गतेलाई रिलिज मिति तय गरिएको चलचित्रको नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । अव यो चलचित्र माघ १६ गतेबाट रिलिज हुनेछ। बलिराम चौहानको निर्देशन रहेको चलचित्रमा बेनिशा हमाल,अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी लगायतका कलाकारको अभिनय छ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको चलचित्रको को- प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । नरेन्द्र मैनालीले गरेको छायांकन रहेको चलचित्रका आकाश उखेडा मुख्य सहायक निर्देशक रहेका छन्।



