दर्शकले रुचाए ‘कल्ली’ टिजर
फागुन १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कल्ली’ को टिजरलाई दर्शकले रुचाएका छन्। हिजो सार्वजनिक टिजरलाई दर्शकले फरक स्वाद बोकेको प्रतिक्रिया दिएका छन्। फरक बिषय देखिएको टिजरले दर्शकको मन जित्दै यतिबेला युट्युव चार्ट्सको चौथो स्थानमा ट्रेण्डिङ्गमा रहेको छ। चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ।

उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकार रहेको चलचित्रको टीजरमा अभिनेत्री परीक्षा लिम्बूलाई पनि देख्न सकिन्छ। लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको व्यारनमा तयार भएको चलचित्रलाई किरण नेपालीले निर्माण गरेका हुन्। लक्ष्मण सुनारको कथा तथा निर्देशन रहेको चलचित्रमा महेश दवाडीको लेखन रहेको छ।
निसाल पौडेलको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत र एनबी महर्जनको एक्सन छ । चलचित्रले भगवान् र राक्षसको कथा प्रस्तुत गरेको छ । चलचित्रले मानिस भित्र हुने देवता र राक्षसको कथालाई उठान गरेको छ । मानिसको मनमा हुने देवताले परिश्रम, मिहिनेत र इमानको भाव बोक्छ भने राक्षसले लोभ, लालच र मोहको भाव बोक्छ । मानिसले आफ्नो मन भित्रको देवतालाई मारेर राक्षसलाई निम्त्याएपछि उत्पन्न हुने परिस्थितीको कथालाई चलचित्रले प्रस्तुत गरेको छ।



