‘कुमारी’ को तेस्रो गीत ‘डोको बुनेर’ सार्वजनिक
दिनेश राउत निर्देशित नयाँ चलचित्र ‘कुमारी’ मा समावेश नयाँ गीत ‘डोको बुन्ने’ सार्वजनिक भएको छ। यस अगाडी सार्वजनिक दुई गीतको लोकप्रियतासंगै निर्माण टिमले तेश्रो गीत सार्वजनिक गरेको हो। गीतमा केहर सिंह लिम्बूको स्वर रहेको छ। चलचित्रमा सम्पूर्ण गीतमा केहरले नै आवाज भरेका छन् । सागर लामिछाने मगर र सुमन तामाङले शब्द रचना गरेको गीतमा केहर र सुमनले संगीत भरेका छन्। गीतको भिडियोमा चलचित्रमा प्रमुख दुई कलाकार अभिषेक खड्का र आकृति राज भण्डारी फिचर रहेका छन् । दुवैको यो लिड डेव्यु चलचित्र हो। भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

प्रेम कथानक चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ। चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको पनि अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेकोचलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल हुन्। चलचित्र माघ २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउंदैछ।




