चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक
रोशन दासको निर्देशनमा तयार भएको चलचित्र ‘प्रतिवैरम’ को टिजर सार्वजनिक भएको छ। मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित चलचित्रको टिजरले चलचित्र पूर्ण एक्सन र मधेशमा हुने अपराधको बिषयमा बनेको झल्को दिन्छ। टिजरमा दाइजोको कुरा र दाजु बहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ।

चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा,बिरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, बिकि शाह,नवीन श्रेष्ठ,गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बी.के., बिके शाह, रामेश बुढाथोकी लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेल रहेका छन्। रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा चलचित्र तयार भएको छ। निर्माण पक्षका अनुसार ‘प्रतिवैरम’ २०८३ सालको जेठ महिनामा प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ। नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो चलचित्र बहुभाषिक स्वरूपको रहेको छ।




