कमेडी दरबार टिमलाई लिएर एक महिने यात्रामा अष्ट्रेलिया निस्कदै शोभित बस्नेत


नेपालमा चर्चामा रहेको कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’ टिम अष्ट्रेलिया टुरमा जाने भएको छ। निर्देशक शोभित बस्नेतले कमेडी दरबारको सम्पूर्ण टिमलाई अष्ट्रेलिया टुर गराउन लागेका हुन्। दुरका लागी निर्देशक बस्नेत र कमेडी दरबारको तर्फबाट बिक्की अग्रवालले सम्झौता गरेका छन्। सम्झौतापछि निर्देशक बस्नेतले भने,‘अष्ट्रेलियामा रहेका नेपालीहरुलाई मनोरञ्जन गराउने उदेश्यले अष्ट्रेलिया टुर गर्न लागिएको हो। उक्त कार्यक्रमका लागि तयारी गरिसकेका छौँ।’

उनका अनुसार उक्त टुरमा ‘कमेडी दरबार’का अधिकांश कलाकार सहभागी रहने छन्। आगामी फेब्रुअरी महिनाको बीचबाट सुरु हुने यो टुर करिब एक महिनासम्म सञ्चालन हुनेछ। टुरअन्तर्गत सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ, एडिलेड, डार्बिन, न्युक्यासल लगायत करिब ८ वटा शहरमा कार्यक्रम आयोजना गरिने निर्देशक बस्नेतले बताए।

कार्यक्रमको तयारीका लागि शोभित बस्नेत चाँडै नै अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा छन्। यस कार्यक्रमको प्रस्तुतकर्ता पाल्पा इन्टरटेनमेन्ट रहेको छ भने टुर आयोजकका रूपमा थ्रीकेजी इभेन्ट र पाल्पा इन्टरटेनमेन्ट रहेको छ। यसैगरी, पाल्पा इन्टरटेनमेन्ट र शोभित बस्नेतले संयुक्त रूपमा अब प्रत्येक दुई महिनामा अस्ट्रेलियामा नियमित कार्यक्रम आयोजना गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्