‘छ माया छपक्कै २’ को तयारीमा दिपक- दिपा !
बर्ष २०७६ मा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ को दोश्रो भाग ‘छ माया छपक्कै २’ को तयारीमा निर्माण टिम जुटेको छ। दिपेन्द्र लामा निर्देशित चलचित्रले वक्स अफिसमा आकर्षक कलेक्सन गर्न सफल भएको थियो भने युट्युबमा पनि दर्शकको राम्रो साथ पाएको थियो। रोहित अधिकारीको निर्माणमा तयार भएको चलचित्रमा दिपकराज गिरि, केदार घिमिरे , जितु नेपाल, केकी अधिकारी, सुपुस्पा भट्ट लगायतका कलाकारको अभिनय रहेको थियो।

यो चलचित्रमा पनि दिपेन्द्रको निर्देशन र रोहितको नै निर्माण रहनेछ। चलचित्रको टिमले केहि दिन अगाडी बाग्लुङ्ग कालिका मन्दिरको दर्शन गर्दै चलचित्रको तयारी सुरुवात गरेको आभाष गराएको थियो। अभिनेता दिपकराज गिरिले पनि चलचित्रको तयारी सुरु भएको स्टाटस केहि दिन अगाडी लेखेका थिए। तर चलचित्रको नाम र डिटेल्स भने उल्लेख गरेका थिएनन्। तर उनको पोष्ट र लगतैको टिमको कालिका भगवतीको दर्शनले भने चलचित्र ‘छ माया छपक्कै २’ नै हो भन्ने अनुमान लगाउन गार्हो छैन । चलचित्रको छायांकन फागुन २१ को निर्वाचन पछि गर्ने तयारीमा निर्माण टिम रहेको छ। २०८३ को दशैँलाई चलचित्रको टिमले रिलिज मिति टार्गेट गरेको छ।




