‘आ बाट आमा’ मा नेवारी गीत, यमन श्रेष्ठले भरे स्वर
माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ मा नेवारी गीत राखिएको छ। चलचित्रमा समावेश ‘लैजा खबर ए हावा ’ गीतको नेवारी भर्सन रेकर्ड गरिएको छ। रिलिज भएसँगै चर्चामा रहेको यस गीतलाई निर्देशक चन्द्र पन्तले नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा यो गीत रेकर्ड गरेका छन्। गीतलाई यमन श्रेष्ठले नेवारी भर्सनमा गाएका हुन्। बाबुल गिरीको शब्द रचनामा नेपाली भाषामा गाएको यो गीतलाई यमनले नेवारीमा गाउन पाउँदा एकदमै खुशी लागको बताए।

‘यो गीतलाई मैले युटुबमा सुनिरहेको थिए। अहिले निकै चर्चित पनि छ यो गीत,’उनले गीतको प्रशंसा गर्दै भने,‘यो आ बाट आमाको टिमले मलाई यो गीतलाई नेवारी भाषामा पनि गर्नुपर्यो भनेर अफर गर्नुभयो। यस गीतको नेवारी शब्द पनि आफै मिलाउनुहोस् भन्नु भयो। अनि मैले भन्दा पनि बुबा (मदनकृष्ण श्रेठ’लाई यो गीतको शब्दलाई ट्रान्सलेट गरिदिनुन भने। मेरो बुबाले नेवारी भाषामा बनाईदिनुभएको हो।’
नेपाली भाषामा यो गीतलाई गायक रवि ओडले गाएका छन्। आफ्नो सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको मनसँग फिल्मको कथा बुनिएको छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विपना थापा,पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ।




