‘रमिताको पिरती’ को दोश्रो गीत ‘जुनी भर’ मा विनय र आना


माघ २३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘रमिताको पिरती’ को नयाँ गीत रिलिज भएको छ। चलचित्रमा समावेश ‘जुनी भर’ बोलको गीतमा महेश काफ्लेको शब्द, संगीत र स्वर छ । गीतमा महेशलाई अस्मिता अधिकारीले गायनमा साथ दिएकी छिन्। गीतको भिडियोमा चलचित्रका मुख्य दुई कलाकार आना शर्मा र विनय श्रेष्ठलाई देख्न सकिन्छ। रोमान्टिक शैलीमा तयार पारिएको गीतमा प्रेमभावको प्रस्तुती रहेको छ।


सेरो फिल्म्सको प्रस्तुतीमा सागर लम्सालको लगानीमा तयार भएको चलचित्रमा सुदिप्ताको लेखन र निर्देशन रहेको छ। चलचित्रमा आना र विनयको साथमा समीर श्रेष्ठ, धिरज मगर , गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारको अभिनय रहेको छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने एसोसियट निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा आना शर्मा र सन्तोष लम्साल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्