‘आइएम जितबहादुर’ मार्फत निर्माता बन्दै जितु नेपाल


कलाकर जितु नेपालले चलचित्र ‘आइएम जितबहादुर’ निर्माणको घोषणा गरेका छन् । शुभेन्दु घोषले निर्देशन गर्ने चलचित्रको निर्माताको रुपमा नेपाल नै रहेका छन्। सामाजिक संजाल मार्फत जितुले चलचित्र निर्माणको घोषणा गरेका हुन्। केही हिन्दी र बंगाली भाषाका चलचित्र निर्देशन गरेका शुभेन्दु मुम्बई बस्दै आएका छन्।

घोषकै कथा रहेको चलचित्रको प्रमुख भूमिकामा जितु नै रहनेछन् । एक नेपाली कलाकारको संघर्ष र सफलताको कथामा बन्ने चलचित्रका अन्य कलाकारको छनोट प्रक्रिया भैरहेको बताइएको छ। चलचित्रमा जितुको जीवन संघर्षमा पनि आधारित रहने बताइएको छ । चलचित्र छायांकन माघ पहिलो साताबाट सुरु हुनेछ। काठमाडौं र मकवानपुरको चित्लाङमा खिचिने चलचित्रको रिलिज मिति तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्