दर्शकले रुचाए ‘परिवर्तन’ मा सुशीलको एक्सन
माघ ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ को एक्सन प्रधान चलचित्रलाई दर्शकले रुचाएका छन्। दिपक शिवाकोटीको कथा र निर्माण रहेको चलचित्रमा सुशील श्रेष्ठको एक्सनलाई दर्शकले रुचाएका हुन्।

सोमबार सार्वजनिक ट्रेलरलाई ९ लाख ९० हजार बढी दर्शकले हेरिसकेका छन्। प्राप्त ११ सय बढी प्रतिक्रिया अधिकांश सकारात्मक रहेका छन् भने दर्शकले एक्सन प्रस्तुतीलाई मन पराएका छन्। विजय केरुङको निर्देशनमा तयार भएको चलचित्रमा श्री श्रेष्ठको एक्सन निर्देशन प्रसंशनीय रहेको छ। चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, करिश्मा मानन्धर, सुभाष मेचे, हेमन्त बुढाथोकी, पुकार भट्टराई, वुद्दि तामाङ, सरोज खनाल, शंकर श्रेष्ठ, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय छ ।





