पूर्वबाट सुरु गर्यो ‘परिवर्तन’ ले मोफसल यात्रा


माघ ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ को टिमले आफ्नो प्रचार प्रसारलाई तिव्रता दिएको छ। ट्रेलर रिलिजलाई मिलेको आकर्षक भ्युज र प्रतिक्रियाको कारणले उत्साहित रहेको निर्माण टिम प्रचारका लागी पूर्वको झापा पुगेको छ। हिजो माघे संक्रान्तिको अवसर पारेर झापाको कन्काई माई नदिमा लाग्ने मेलामा चलचित्रको प्रचार गरिएको थियो। लाखौ मान्छेको उपस्थिति हुने उक्त माइ मेलामा दर्शकसँगै कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए।

अभिनेता सुशील श्रेष्ठ, अभिनेत्री अञ्जना बराइली लगायतको टिम चलचित्रलाई लिएर उत्साहित बनिरहेको छ। आज झापाका विभिन्न कलेज तथा स्कुलका बिद्यार्थीसंग भेट्ने तयारीमा चलचित्रको टिम रहेको निर्देशक विजय केरुङ्गले जानकारी दिए।

यतिबेला पुर्वमा चलचित्रका निर्माता दीपक शिवाकोटी, निर्देशक बिजय केरुङ,अभिनेता सुशील श्रेष्ठ,अञ्जना बराईली लगायतले प्रचारमा सहभागी रहेका छन्। सुशील र अञ्जनाका साथमा चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर,बुद्धि तामाङ,हेमन्त बुढाथोकी,सुवास मेचेको मुख्य भुमिका रहेको छ।दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा दीपक सिवाकोटीको कथा तथा लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्