‘श्री बुकुरो : द होम कलिङ’ फागुनमा रिलिज तय


चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति तय गरिएको छ। निर्माण टिमले सोमबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति फागुन १ गतेलाई तय गरेको छ। चलचित्रका कलाकार समावेश गर्दै निर्माण टिमले स्केच पेन्टिङ पोस्टर सार्वजनिक गरेको हो। विशुद्ध पारिवारिक तथा मनोरञ्जनात्क चलचित्र ‘श्री बुकुरो’का यसअघि सार्वजनिक टिजर तथा पोस्टरले दर्शकको मन जितिसकेका छन् ।

सुदीप भुपाल सिंह निर्देशित चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । फिल्म रेञ्जको ब्यानरमा तयार भएको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । निर्देशक भुषाल करिब ७ बर्षपछि चलचित्र निर्देशनमा फर्किएका हुन्। उनले यस अगाडी चलचित्र ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका थिए ।

सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन, सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन रहेको चलचित्रको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्