‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक
माघ १६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन भारतबाट बलिउड अभिनेता प्रदिप रावत र अभिनेत्री विपना थापा नेपाल आएका थिए।

ट्रेलरमा नेपालको पछिल्लो समसायिक घटनालाई प्रस्तुत गरिएको छ। नेपालमा कुनै अवसर नपाएपछि भविष्य बनाउन परदेशिन लागेको छोरा र अभिभावकले सन्तानप्रति गरेको मायालाई पर्दामा उतारिएको छ। जहाँ आमा विपना थापा बनेकी छन् भने बुबा भारतिय वरिष्ठ कलाकार प्रदीप रावत बुबा बनेका छन्।
साथै छोराको भुमिकामा अभिनेता पल शाह देखिएका छन्। उनीहरु बीचको गहिरो सम्बन्धलाई ट्रेलरमै महसुस गर्न सकिन्छ। ट्रेलरमा चलचित्रका प्रमुख कलाकारलाई स्थान दिईएको छ।
चन्द्र पन्तको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत,विशाल पहाडी,रवीन्द्र झा,साईग्रेस पोखरेल,सिम्रन पन्त,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),उषा उप्रेती,दिलिप अखेडा लगायतले अभिनय गरेका छन्। ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको यस चलचित्रमा कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्।




