दया र सौगातले सुरु गरे ‘मितज्यू’ को छायांकन
चलचित्र ‘मितज्यू’ को छायांकन सुरु भएको छ। वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन औपचारिक रूपमा सुरु गरिएको निर्माण पक्षले जनाएको छ। सामाजिक कथाबस्तुमा आधारित रहेको चलचित्रको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा गरिनेछ।

अनिल बुढा मगरको निर्देशनमा तयार हुने चलचित्रलाई जनक घर्तिमगरले निर्माण गर्दैछन् । अनिल र जनकले यस अगाडी चलचित्र ‘घरज्वाइँ’ निर्माण गरेका थिए। प्रदर्शनको ५१ दिन पार गर्न सफल चलचित्र व्यावसायिक हिसाबले पनि सफल भएको थियो।
‘मितज्यू’ मा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। चलचित्र गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेबाट प्रदर्शनमा आउनेछ।




