‘सिन्दुरे जात्रा’ मा साथ देखिदै विजय र अञ्जना


चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को सफल जोडी विजय बराल र अञ्जना बराइली नयाँ चलचित्रमा अनुबन्ध भएका छन्। सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘सिन्दुरे जात्रा’ यो जोडीलाई दर्शकले देख्न पाउनेछन्। आज सरस्वती पूजाको अवसर पारेर निर्माण टिमले दुई कलाकार सार्वजनिक गरेको हो। सरोज पौडेलको निर्देशनमा चलचित्र तयार हुनेछ।

अन्य कलाकार विस्तारै अनुबन्ध गर्दै जाने निर्देशक पौडेलले बताए । “सिन्दुरे जात्रामा अब हामी चरित्र सुहाउँदो कलाकार अनुबन्ध गराउँदै जानेछौँ,” निर्देशक सरोजले भने, “अबको केही समयमा हामी कलाकार फाइनल गरेर अरु काम सुरु गर्नेछौँ ।”

“विजय र अञ्जना अहिलेका रुचाइएका कलाकार हुन् । तर, हामीले बजारले रुचाएका कलाकार भनेर लिएका हैनौँ,” सरोज प्रष्ट पार्छन्, “कथाले नै उहाँहरूलाई मागेपछि अनुबन्ध गराएका हौँ ।” सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा कथा पनि निर्देशक पौडेल स्वयंको छ ।

प्रतिक्रिया दिनुहोस्