‘श्री बुकुरो :द होम कलिङ’को पहिलो गीत ‘घर मेरो सानो बुकुरो’ सार्वजनिक
फागुन १ गते महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आउने चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को पहिलो गीत सार्वजनिक भएको छ। ‘घर मेरो सानो बुकुरो’ बोलको गीतमा शिव परियारको स्वर रहेको छ भने सुदिप भुपाल सिंहको शब्द र रञ्जित गजमेरको संगीत रहेको छ। मर्मस्पर्शी गीतमा चलचित्रका प्रमुख कलाकार आशिर्वाद क्षेत्री र लक्ष्मी गिरिलाई देख्न सकिन्छ।

सुदीप भुपाल सिंहको निर्देशनमा तयार भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको अभिनय छ । फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्र विशुद्ध पारिवारिक कथामा तयार भएको निर्माण टिमले जानकारी दिएको छ ।




