अर्पण थापाको निर्देशनमा चलचित्र ‘फ्रेन्च किस’ ( French Kiss) निर्माण हुने


चलचित्र ‘फ्रेन्च किस’ ( French Kiss) निर्माण हुने भएको छ । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शुक्रबार सरस्वतीको पूजाको अवसर पारेर काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा घोषणासँगै शुभमुहूर्त गरिएको छ ।


अर्पण थापाको निर्देशनमा तयार हुने चलचित्रको सोमबारबाट चितवनका विभिन्न स्थानमा छायांकन सुरु हुनेछ । चलचित्रमा अर्पण थापा र थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछन्। चलचित्रको मुख्य भूमिकामा अभिनेत्री गौरी मल्ल र आयशा तामाङ पनि रहनेछन् ।

चलचित्रको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह–निर्मातामा सुभाष बी. शाही छन् । चलचित्र सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्