कृषाको ‘पारस’ मा जसिता गुरुङ अनुबन्ध, मुख्य नायक को ?
कृषा चौलागाईको निर्देशनमा तयार हुन् लागेको नयाँ चलचित्र ‘पारस’ मा अभिनेत्री जसिता गुरुङ अनुबन्ध भएकी छिन्। शनिबार निर्माण टिम र जसिता बीच औपचारिक सम्झौता भएको छ। चलचित्रमा यस अगाडी अभिनेता निखिल उप्रेती अनुबन्ध भैसकेका छन्। अर्का अभिनेता सुशील श्रेष्ठ पनि चलचित्रमा अनुन्बध भएको चर्चा छ ।

तर निर्माण टिमले यसको औपचारिक पुष्टि भने गरेको छैन। अव चलचित्रमा जसिताको जोडी को संग बाँधिने हो त्यो पनि चर्चाको बिषय बनेको छ। निर्माण टिमले अन्य कलाकारको बारेमा जानकारी दिएको छैन। केपी फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका छन्। चलचित्रलाई छायांकार (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। फागुनबाट सुटिङ्ग सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ।




