पोखरामा ‘आ बाट आमा टीम’,शुक्रबारबाट हलहलमा


माघ १६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘आ बाट आमा’ ले पोखर पुगेर प्रचार गरेको छ। रिलिज मिति नजिकिदै गर्दा चलचित्रका मुख्य कलाकार सहितको टीम पोखरा पुगेको हो। विपना थापा,पल शाह,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल लगायतको टीम पोखरा पुगेको हो।

भारतबाट मुख्य कलाकारहरु प्रदिप रावत र विपना थापा आएसंगै चलचित्रको प्रचारलाई थप तीव्रता दिईएको छ। सार्वजनिक प्रचार सामाग्रीले दर्शकमा राम्रो छाप छाड्न सफल भैसकेको छ। सोहि कारण पनि चलचित्रलाई लिएर उत्साह रहेको छ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। उनकै कथा र पटकथा चलचित्रमा रहेको छ। चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

प्रतिक्रिया दिनुहोस्