बक्स अफिसमा लगातार असफल सुशील श्रेष्ठ


होस्टल रिटर्न्स डेव्यु नायक सुशील श्रेष्ठले आफ्नो करियरको सुरुवात सफलताको साथमा गरेका थिए। सिक्स प्याक शरीर र आकर्षक व्यक्तित्वका धनि बनेका सुशीलको पहिलो चलचित्र सफल सावित भएपनि त्यो पछि उनको चलचित्रको करियर ग्राफ भने सफल देखिएको छैन। २०१५ मा रिलिज पहिलो चलचित्र देखि २०२६ सम्म पुग्दा उनले बक्स अफिस सफलताको खडेरी बारम्बार भोगिरहेका छन् । उनको एक्सनको चर्चा सधै हुने भए पनि बक्स अफिस आंकडा सधै कमजोर देखिएको छ।

सायद २, कारखाना,बादशाह जुट्स, लभ डायारिज, आउट ल: दफा २१९ हुँदै परिवर्तन सम्म आइपुग्दा सुशीलले बक्स अफिस सफलता हासिल गर्न सकेनन्। आउट ल: दफा २१९ मा उनको एक्सनको चौतर्फी चर्चा भएपछी उनको हातमा चलचित्रको कमि रहेको छैन। यो पछि उनले परिवर्तन चलचित्रमा काम गरे। माघ ९ गतेबाट रिलिज यो चलचित्रले बक्स अफिसमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। त्यहि भएर पनि उनलाई अनलक्की नायकको रुपमा हेरिन थालिएको छ।


यो पछि उनी विराज भट्ट संग चलचित्र ‘राम नाम सत्य’ मा देखिदैछन्। निखिल उप्रेती संग चलचित्र ‘पारस’ मा पनि देखिने तयारीमा रहेको छ। अब यी दुई चलचित्र माथि सुशीलको ठुलो भरोसा रहेको छ। तर दुई चलचित्रको सफलताको क्रेडिट उनले पाउने कम सम्भावना रहनेछ। आफुले सोलो नायकको रुपमा अभिनय गरेका चलचित्रले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको अवस्थामा सुशीलले करियरलाई कसरी अगाडी बढाउछन् त्यो भने हेर्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्