निखिल,जसितापछि प्रियङ्का पनि कृषाको ‘पारस’मा इन्ट्री


काठमाडौँ निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘पारस’का कलाकारहरू अनुबन्धित हुने क्रम जारी छ। यस फिल्मका लागि अभिनेता निखिल उप्रेती,अभिनेत्री जसिता गुरुङसँगै अब प्रियङ्का कार्की पनि अनुबन्धित भएकी छन्। उनलाई निर्माण पक्षले बुधवार फिल्म ‘पारस’ का लागि अनुबन्ध गरेको हो।

 निर्माण टिमले अहिलेसम्म निखिल,जसिताका अलवा प्रियङ्का कार्की फिल्ममा हुने जानकारी दिइसकेको छ भने अन्य कलाकारका बारेमा सार्वजनिक गरेकाे छैन । यसबाहेक अन्य कलाकार कोको हुनेछन् भन्ने बारेमा निर्देशक कृषाले विस्तारै जानकारी दिने बताइन्।

प्रतिक्रिया दिनुहोस्