सागर लम्सालको ‘डल्लेले इन्ट्री मार्यो ‘ को नयाँ पोष्टर सार्वजनिक
सागर लम्साल ‘बले’ मुख्य भूमिकामा रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को दोश्रो पोष्टर सार्वजनिक भएको छ। चैत्र २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको दोश्रो क्यारेक्टर पोस्टर महाशिवरात्रीको अवसर पारेर सार्वजनिक गरिएको हो। पोष्टरमा सागरका साथमा डेब्यु अभिनेत्री रोशनी खड्कालाई प्रस्तुत गरिएको छ ।

प्रतिभावान अनि निडर रोशनी आफ्नो अथक परिश्रम,लगाव र दुढ्ताका साथ मोड्लिङ र अभिनयमा करिअर अघि बढाइरहेकी छिन । उनी आफ्नो डेव्यु चलचित्र `डल्लेले इन्ट्री मार्यो´ बाट निकै आशाबादी छिन ।
राजु गिरीको निर्देशन,उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको चलचित्रमा सागर लम्साल, रोशनी खड्का, रमेश बुढाथोकी, रबिन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पाहाडी, कैलाश रावल, रबि गिरी, ध्रुव कोइराला, सावित्री चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसीन भट्टराई, सुष्मा केसी, रामहरी खड्का, राजु गिरी, सुचेन्द्र परियार, बालकलाकार काजोल,कंगना गिरी र रोनीश खड्काको अभिनय छ ।
कार्यबिनायक फिल्म्स र उषा फिल्मसको प्रस्तुति रहेको चलचित्रको निर्मातामा साबित्रा चिलुवाल,आषिक बस्नेत,आदर्श बस्नेत,निर्मला बस्नेत र सरिता पुरी गिरी छन ।



