चैत्र बाट सर्यो ‘चमेलीको पोई’, अब कहिले होला रिलिज ?


एभेरेष्ट सुर्य बोहोराको निर्देशनमा तयार भएको चलचित्र ‘चमेलीको पोई’ घोषित मितिमा प्रदर्शन नहुने भएको छ। रामनवमी अर्थात् चैत्र १३ गतेबाट रिलिज घोषणा गरिएको चलचित्र देशको वर्तमान राजनैतिक स्थिती तथा निर्वाचनको परिवेशलाई मध्यनजर गरि निर्धारित मितिमा प्रदर्शन नहुने निर्माण टिमले जानकारी दिएको हो।

धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ । प्रेस रिलिजसंगै जारी निर्माता रामनारायण उपाध्यायको भिडियो सन्देशमा निर्देशक बोहराको टिमले अत्यन्तै मिहिनेतका साथ समयमै चलचित्र निर्माण सम्पन्न गरेकोमा आभार ब्यक्त गरिएको छ । सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको चलचित्रको सह- निर्मातामा प्रदिपकुमार सापकोटा,यमप्रसाद ओली र सुदिप कुँवर रहेका छन् भने उदयबिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्।


चलचित्रमा नारायण त्रिपाठी,सुरक्षा पन्त, मुकुन भुसाल,विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्गबहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनिता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगायतको अभिनय चलचित्रमा रहेको छ। निर्देशक बोहराकै कथा,शिवम अधिकारीको पटकथा अनि शेरबहादुर तामाङको छायांकन चलचित्रमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्