चलचित्र ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक


चलचित्र ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । प्रमोद खरेलको स्वर रहेको गीतमा सौरभ तिम्सिनाको शब्द र नविन कार्कीको संगीत रहेको छ। प्रवासी जीवनका कथावस्तुमा आधारित गीतले प्रवासीको पीडा, संघर्ष र भावनात्मक अनुभूति प्रस्तुत गरेको छ। भिडियोमा अमृत बिस्वाको सिनेम्याटोग्राफी र राम अधिकारीको सम्पादन रहेको छ।

आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने चलचित्रमा नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा रहेको छ । चलचित्रलाई श्याम क्षेत्री र रमा अधिकारिले संयुक्त रुपमा निर्देशन गरेका छन्। प्रवासीहरूको सुख दुःख, आरोह अवरोह र चुनौतीहरूलाई मुख्य विषयवस्तु बनाएर चलचित्र तयार गरिएको निर्देशक मध्येका एक श्याम क्षेत्रीले बताए ।

चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव त्रिपाठी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले महत्वपूर्ण भूमिकामा अभिनय गरेका छन् । श्याम क्षेत्री प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको गरेको चलचित्रमा ‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्य रहेको छ। रहेको उक्त फिल्ममा अभिनेता हमाल र अभिनेत्री लामिछाने विषयवस्तुकै कारण जोडिएका हुन् । छायाँकार रविन आचार्यले चलचित्रलाई निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्