दया, सौगात र तेरियाको ‘मितज्यु’ छायांकन सकियो
अनिल बुढामगरको निर्देशनमा तयार भएको चलचित्र ‘मितज्यु’ को छायांकन सकिएको छ । वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै थालिएको चलचित्रको सम्पूर्ण छायांकन एक महिनामा सकिएको निर्माण टिमले जानकारी दिएको हो। चलचित्रका निर्माता जनक घर्ति मगर हुन्। दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन भएको चलचित्र सामाजिक कथावस्तुमा आधारित हो।

चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहेको छ । भारतीय रियालिटी शोकि बिजेता तथा विभिन्न सिरिजमा अभिनय गरेकी तेरियाको यो डेव्यु चलचित्र हो। चलचित्र जेठ १५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउंदैछ।


