पोष्टरको चर्चासंगै ‘परालको आगो’ को अमेरिका र क्यानाडा प्रदर्शन अधिकार बिक्रि
बैशाख ११ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परालको आगो’ को पहिलो झलक सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य तीन पात्रहरु सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुतलाई प्रस्तुत गरिएको छ। तिनै पात्र गम्भीर भावभंगीमा देखिएका छन्। सुहानाको सिउँदोमा सिन्दुर रहेको छ र उनको मुहारमा खुशीको झल्को देखिएको छैन भने प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ।

लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको चलचित्रमा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षको कथा उठान गरेको बुझ्न सकिन्छ। सुशील पोख्रेलको निर्माणमा तयार भएको चलचित्रमा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेका छन्।
यो संगै चलचित्रको ओभरसिज राइट्स पनि बिक्रि सुरु भएको छ। चलचित्रको अमेरिका र क्यानाडा राइट्स सोल्ड आउट भएको निर्माण टीमले जानकारी दिएको छ। दुवै देशका लागी चलचित्र इएनटीले खरिद गरेको हो। निर्माता पोख्रेलका अनुसार अन्य देशका लागी पनि चलचित्र प्रदर्शन अधिकार बारे कुरा भैरहेको छ। हरि ॐ सिने मेकर्स प्रा.लिको ब्यानरमा चलचित्र निर्माण भएको हो।


