‘हामी तीन भाइ’ को टिजरमा दाजुभाइको सम्बन्धको उतारचढावको कथा
चलचित्र ‘हामी तीन भाइ’ को टिजर रिलिज गरिएको छ। फागु पुर्णिमाको अवसर पारेर रिलिज भएको टिजरमा एउटा गाउँका तीन भाईको कथालाई प्रस्तुत गरिएको छ। बिनोद न्यौपाने,कुशल बिष्ट र फलित राई एकदमै मिल्नेछन्। उनीहरु खेतबारी बारी गोरुले झैँ आफै नारिएर जोतिरहेको देखिन्छन्। मानौ,उनीहरु त्यतिधेरै मिल्छन्। सानैमा बुबा आमा बिते पनि उनीहरुको माया ममता भनेको दाजु नै हो।

आमा बुबाको माया नपाएका यि तीन भाईमध्ये एक दाजु बिनोदसँग खटपट पर्छ। टिजरले मिलेर बसेका दाजुभाई विवाहपछिको सम्बन्ध खटपट र संघर्षलाई प्रस्तुत गर्छ।
मधुसुदन भट्टराई निर्देशित चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रविन्द्र झा, बिष्णु सापकोटा ‘हर्के हल्दार’, विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा बिष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भुमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन्।
प्रसिद्धि सिने आर्ट्स् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्। साजित महत प्रस्तुतकर्ता रहेको चलचित्र आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।


