‘मितज्यु’ अब जेठ ८ बाट प्रदर्शनमा आउने
अनिल बुढा मगरको निर्देशनमा तयार भएको चलचित्र ‘मितज्यू’ को प्रदर्शन मिति फेरबदल भएको छ। चलचित्रको निर्माण टिमले दोश्रो पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेठ १५ गतेलाई रिलिज मिति तय गरिएको चलचित्र अब जेठ ८ गतेबाट प्रदर्शनमा आउनेछ। निर्माण टिमले आइतबार पोष्टर सहित नयाँ रिलिज मिति तय गरेको हो।

चलचित्रको दोश्रो पोष्टरमा कलाकार दयाहाङ राई,सौगात मल्ल, तेरिया फौजा मगर,शिशिर वाङ्देल र अर्का एक पात्रलाई प्रस्तुत गरिएको छ। पोष्टरमा साैगात मल्ल हातका भाले च्यापेका छन् भने साईडमा पहाडमा गुड्ने गाडी दिन्छ। दयाहाङ राईको अनुहार निकै रिसाहा देखिएको छ भने तेरिया मजेद्रोले टाउकामा बेरेर दुखी मुन्द्रामा देखिएकी छिन्। शिशिर र अर्का एक पात्र नरम झै उभिएका छन्। साइडमा फुस्को छानोवाला घर देखिएका छन्। जसका कारण चलचित्रले ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को देखिन्छ ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा जनक घर्ती मगरको लगानी रहेको छ। शिशिर बिशंखेले खिचेको चलचित्रमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ।


