‘जलाकी’ मा सोनाम तोप्देनको कमब्याक हुँदा धिरज मगर बाहिरिए
चलचित्र ‘जलाकी’ को यतिबेला कास्कीमा छायांकन भैरहेको छ। चलचित्रको मुख्य भूमिकामा सुरुवातमा सोनाम तोप्देन र उपासना सिंह ठकुरी रहेका थिए। तर सोनाम ‘ऐरी’ को छायांकनको क्रममा सोनामको खुट्टा भचिएपछि चलचित्रमा धिरज मगरको प्रवेश भएको थियो। धिरज र उपासनाको पोष्टर पनि सार्वजनिक भएको थ्यियो भने पहिलो चरणको सुटिङ्ग पनि दुवैले सम्पन्न गरेका थिए। तर अब भने चलचित्रबाट धिरज बाहिरिएका छन्। सोनाम स्वस्थ्य भएर चलचित्रको सेटमा फर्किएका छन्। धिरज सहमतिमा बाहिरिएको निर्माण टिमले जानकारी दिएको छ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा सोनाम र उपासनाको साथमा अस्तित्व भट्टचन प्रमुख भूमिकामा रहनेछन्। उपासना र अशोकले चलचित्र ‘खुश्मा’ मा सहकार्य गरेका थिए। चलचित्रमा शिल्पा मस्के, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, साहारा हाङमा लिम्बु, राजु रेग्मी मगर लगायतको अभिनय रहनेछ। रुकुम, रोल्पा, म्याग्दी, बाग्लुङ, पोखरासहित दक्षिण कोरियामा चलचित्र छायांकनको तयार रहेको छ।


