‘यानीमाया’ मा पल र अन्जनाको जोडी
पछिल्लो समय अभिनेता पल शाहको करियर शिखरमा रहेको छ। ‘मोहर’ को सफलता र ‘आ बाट आमा’ सुपरहिट भएपछी उनको डिमाण्ड बजारमा बढेको छ। दशैँमा रिलिज मिति सहित ‘आ बाट आमा २’ निर्माणको घोषणा भैसकेको छ।

यहि बीचमा लामो समयबाट निर्माण तयारीमा रहेको चलचित्र ‘यानीमाया’ को औपचारिक घोषणा भएको छ। पल शाह फिल्म्सको प्रस्तुतिमा तयार हुने चलचित्र ‘यानीमायाः रिदम अफ लभ’को एक पोष्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरिएको हो। चलचित्रको छायांकन जेठ १ गतेबाट हुनेछ। ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेको पोस्टरमा पल शाह र नव–नायिका अञ्जना मगरलाई प्रस्तुत गरिएको छ।
दर्शकले पल र अञ्जनाको म्युजिक भिडियोलाई रुचाएका छन्। चलचित्रलाई निर्देशक ओम प्रतिकले निर्देशन गर्नेछन्। पल र ओमले मोहरमा संगै सहकार्य गरेका थिए। पल शाह र चन्द्र ज्योती आलेको लगानी रहने ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ ।


