‘परालको आगो’ को दोश्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक


चलचित्र ‘परालको आगो’ मा समावेश दोश्रो गीत ‘दुःख सुख जिन्दगानी’ निर्माण टिमले सार्वजनिक गरेको हो। प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको गीतमा गायक प्रकाशको नै शब्द र संगीत रहेको छ। रामजी लामिछानेको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा प्रकाश सपुत र सुहाना थापालाई फिचर गरिएको छ। पहिलोपटक संगै सहकार्य गरेका प्रकाश र सुहानलाइ चलचित्रमा जोडीको रुपमा दर्शकले देख्न पाउनेछन्। लोकलयमा आधारित गीतले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।


गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित चलचित्रमा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता सुशील पोख्रेल हुन् भने लक्ष्मण सुनारले चलचित्रलाई निर्देशन गरेका छन्। बैशाख ११ गतेबाट चलचित्र रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्