सुरेश बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक
सुरेश बस्नेतको स्वरमा रहेको नयाँ गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक भएको छ। गोविन पुनको शब्द र संगीतमा तयार भएको गीतलाई अमेरिकामा रहेर चिकित्सक पेशामा आवद्ध जोडी सुरेश बस्नेत र रेहा पोखरेलको वास्तविक जीवनमा आधारित भएको तयार पारिएको छ। ‘दुई मुटु, एक यात्रा’ थिम राखेर तयार पारिएको गीतको भिडियोलाई अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय स्थानमा खिचिएको छ ।

गीतको भिडियोमा श्रीमान् श्रीमतिको रुपमा सुरेश र रेहाले नै अभिनय गरेका छन्। विक्रान्त मान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको यो भिडियोमा साहिल खानको सम्पादन, प्रविण श्रेष्ठको पटकथा छ ।
भिडियोको छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्मस् प्रा.लि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् । महंगो लागतमा भिडियो तयार पारेका गायक तथा मोडल सुरेश भन्छन्–‘हामीले पैसाका लागि भन्दा पनि गीतसंगीत प्रतिको अथाहा प्रेमका कारण दर्शकमाझ प्रेमको कोशेली सार्वजनिक गरेका हौं । यो गीत र भिडियोले दर्शकको मन छुनेछ भन्ने विश्वास छ ।’


