‘आ बाट आमा २’ मा जोडिए आकाश श्रेष्ठ
चलचित्र ‘आ बाट आमा २’ मा अभिनेता आकाश श्रेष्ठ जोडिएका छन्। पल शाह र विपना थापापछि चलचित्र आकाश जोडिएका हुन्। निर्माण टिमले उनिसंग सोमबार औपचारिक रुपमा अनुबन्ध गरेको हो। चन्द्र पन्तको निर्देशनमा चलचित्र निर्माण हुँदैछ। चलचित्रमा आकाशको भूमिका फरक र महत्वपूर्ण रहेको पन्तले बताएका छन्।

उनले भने,‘हामीले चलचित्रको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुवन्धित गरिसकेका छौँ।’
आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने चलचित्र बैशाखबाट छायांकनमा निस्किने तयारीमा रहेको छ चन्द्र पन्तले नै चलचित्रको कथा लेखेका छन्। हलमा चलिरहेको ‘आ बाट आमा’ले १३ करोडभन्दा माथीको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो पार्ट निर्माण गर्न लागेको हुन्। चलचित्रले दशैँमा रिलिज गर्ने घोषणा यस अगाडी नै गरिसकेको छ।


