नयाँ बर्षमा नआउने भयो ‘३६ को आंकडा’, निर्देशकले धोका दिएको रेखाको आरोप


स्टार कलाकारले भरिएको कारण नै चर्चामा रहेको चलचित्र ‘३६ को आँकडा’ चैत्र २७ गतेबाट रिलिज हुने तयारीमा रहेको थियो। रेखा थापा, पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको चलचित्रको हालसम्म कुनै प्रचार सामाग्री सार्वजनिक भएको छैन। विराज भट्ट मुख्य भूमिकामा रहेको ‘राम नाम सत्य’ यहि मितिमा रिलिज हुँदैछ। रेखा र विराजको चलचित्र संगै रिलिज हुने कारण बजारमा एक प्रकारको उत्साह रहेको थियो। तर अब चलचित्र ‘३६ को आँकडा’ चैत्र २७ बाट रिलिज नहुने भएको छ।

कलाकार तथा निर्माता रेखा थापाले यसको औपचारिक जानकारी दिएकी छिन्। रेखाले हामीसंगको कुराकानीमा अहिले निर्देशक सवीर श्रेष्ठसंग नै आफ्नो ‘३६ को आँकडा’ रहेको समेत बताएकी छिन्। रेखाले निर्देशकले आफुलाई धोका दिएको समेत आरोप लगाएकी छिन्। उनले चलचित्रको छायांकन समयमा नसकेको र व्याक ग्राउण्ड म्युजिक पनि नसकेको बताएकी छिन्। करिव २ दिनको छायांकन पनि बाँकी रहेको र निर्देशकले आफुलाई यो बारेमा जानकारी नदिएको बताइन्। यो चलचित्रको निर्माता रेखा नै हुन्।

प्रतिक्रिया दिनुहोस्