सागर लम्साल विरुद्ध अमेरिकामा मुद्दा दायर
यतिबेला कलाकार सागर लम्साल ‘बले’ नेपाल प्रहरीको हिरासतमा रहेका छन्। अमेरिका बस्ने विष्ट थरकी युवतीले सामाजिक संजाल मार्फत बलात्कारको आरोप लगाएपछि सागर एक साताबाट नेपाल प्रहरीको हिरासतमा रहेका छन्। उनि विरुद्ध कुनै उजुरी नपारेपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्धा चलाएर अनुसन्धान गरिरहेको छ ।

अमेरिका रहेकी विष्टले सागर विरुद्ध अमेरिकामा नै लिखित जाहेरी दिएकी छिन्। उनले अमेरिकाको न्युयोर्क सिटी पुलिस डिपार्टमेन्ट (एनवाईपीडी)मा जाहेरी दर्ता गरेकी हुन् । घटना अमेरिकामै भएकाले पीडितले त्यहीँ जाहेरी दिएकी हुन् । जाहेरीसँगै अमेरिकी प्रहरीले अनुसन्धान सुरु गरेको र अब नेपाल प्रहरीसँगको सहकार्यमा सागरको पक्राउ, बयान र अनुसन्धान हुनेछ। शुक्रबार साँझ बूढानीलकण्ठबाट सोधपुछका लागी नियन्त्रणमा लिएका बलेलाई ५ दिन म्याद थप गरिएको थियो। उनलाई पुन: म्याद थपको तयारी गरिएको बुझिएको छ।

