अशोकलाई लिएर नीताले सुरु गरिन् ‘पार्वती’ छायांकन


नीता ढुंगानाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘पार्वती’ को छायांकन सुरु भएको छ। मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा शुभमुर्हूत गर्दै चलचित्रको छायांकन सुरु भएको हो। एक महिनाको छायांकन तालिका रहेको चलचित्र मार्फत नीता निर्देशनमा समेत प्रवेश गरेकी छिन्। नीता स्वयंको मुख्य भूमिका रहने चलचित्रमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ । नीता फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र आगामी भदौ १२ गतेबाट रिलिज हुनेछ।

नीता स्वयंको कथा तथा पटकथा रहेको चलचित्रको संवाद शिवम् अधिकारीले लेखेका हुन् । हरिहर अधिकारी निर्माता रहेको चलचित्रमा सुदीप बरालको छायांकन साहिल खानको सम्पादन, सरोज अधिकारी क्रियटिभ निर्देशक र शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्