‘परालको आगो’ को गीत ‘निम्तो सुपारी’ मा सौगात, प्रकाश, सुहाना र सृजना
चलचित्र ‘परालको आगो’ मा समावेश नयाँ गीत सार्वजनिक भएको छ। सत्यराज आचार्य र मेलिना राईको स्वरमा रहेको गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको हो। गीतमा सुरेन्द्र रानाको शब्द र सत्य -स्वरूप आचार्यको संगीत रहेको छ।

गीतको भिडियोमा चलचित्रको प्रमुख दुई जोडीलाई प्रस्तुत गरिएको छ। सौगात मल्ल र सृजना अधिकारी, प्रकाश सपुत र सुहाना थापाको जोडीलाई रामजी लामिछानेको कोरियोग्राफीमा भिडियोमा प्रस्तुत गरिएको छ।
गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’ बाट प्रेरित चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन्। हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुशील पोखरेल र निर्देशक लक्ष्मण सुनार हुन्। चलचित्र बैशाख ११ गतेबाट रिलिज हुँदैछ।

