चलचित्र ‘कुम्भ’ को पहिलो गीत ‘स्वर्गकी परी’ सार्वजनिक
जेठ १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘कुम्भ’ को पहिलो गीत सार्वजनिक भएको छ। अन्जु पन्त र अनुप तिवारीको स्वरमा रहेको ‘स्वर्गकी परी’ बोलको गीतमा रन्धिर श्रेष्ठको शब्द र अनुप तिवारीको संगीत रहेको छ। गीतको भिडियोमा नवनायक अशोक आर्यन र नव नायिका सृष्टि खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ

रन्धिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा रिलिज गर्ने तयारी गरिएको छ। ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता रन्धिर श्रेष्ठ र राजेश साह हुन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्।
चलचित्रमा नवनायक अशोक आर्यन, वरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेलका साथै रोहित रुम्बा, अफ्सना थापा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ। चलचित्रको छायांकन नेपाल र दक्षिण भारतका विभिन्न स्थानमा गरिएको हो, जहाँ दक्षिण भारतीय कलाकारहरूको पनि अभिनय रहेको छ।

