A vertical shot of the black cat in the dark darkness

सम्बन्ध चिसिएको हल्लापछि बर्षाको यस्तो प्रतिक्रिया


विगत केहि दिनबाट चलचित्र नगरीमा एउटा बिषय निकै गर्माएको छ। अभिनेत्री बर्षा राउत र अभिनेता तथा व्यवसायी सन्जोग कोईराला बिचको सम्बन्धमा आएको खटपटको बिषयले समाजिक संजाल निकै तातियो । बर्षाले आफ्नो सामाजिक संजालबाट सन्जोगसंगका व्यावसायिक बाहेकका सवै तस्विर हटाएपछि यो खबरले चलचित्र क्षेत्रसंगै सामाजिक संजाल पनि निकै तातिएको थियो। बर्षाले एक मिडियालाई श्रीमानसंग समान्य देखाएको घुर्की भनेर प्रतिक्रियासमेत दिएकी थिइन्। यो चर्चा चुलिदै जाँदा बर्षाले समाजिक संजालमा एक तस्विर शेयर गरेकी छिन्।

उक्त तस्विरको क्याप्सनको आशय आफुहरु बिचको समाचार पढेर दुवैको प्रतिक्रिया कस्तो रहेको छ भन्ने देखाउन खोजिएको छ। फेसबुकमा सन्जोगसंगको तस्विर राख्दै उनले ‘हाम्रो बारेमा सार्वजनिक भएका गसिप पढ्दै, कसले के के भने रे?, क्याप्सन लेखेकी छिन्।

बर्षा र सन्जोगले आफ्नो करिव ७ बर्षको प्रेम सम्बन्धलाई बिबाहको नाम दिएको पनि ३ बर्ष काटिसक्यो। दुवैलाई धेरैले आदर्श जोडीका रुपमा लिने गर्दछन्। धेरैको कामना र चासो भनेको बजार हल्ला फिजीए जस्तो दुवैको सम्बन्ध नचिसियोस भन्ने हो। बर्षाले हालेको तस्विरले पनि दुवैको सम्बन्ध नचिसिएको आभाष गराउछ।

प्रतिक्रिया दिनुहोस्