आमेश अस्ट्रेलिया उडेपछि ‘नम्बरी सुन’ मा गौरव पहारी


अभिनेता आमेश भण्डारी अष्ट्रेलिया उडेपछि चलचित्र ‘नम्वरी सुन’ ले अभिनेता हेरफेर गरेको छ। उनको स्थानमा निर्माण टीमले गौरव पहारीलाई साइन गरेको छ। राजु गिरिको निर्देशनमा बन्ने चलचित्रमा गौरवलाई मंगलबार निर्माण टीमले साइन गरेको हो। चलचित्रमा गौरवको अपोजिटमा अभिनेत्री नम्रता सापकोटा फाइनल भैसकेकी छिन्।

चलचित्रमा गौरव र नम्रता सँगै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ । माघ २० गतेबाट फ्लोअरमा जाने चलचित्रले ७० बर्ष पुरानो ऐतिहासिक सामाजिक कथा बोल्ने निर्माण टीमले बताएको छ। सुवर्ण शिभान्स फिल्म्सको व्यानरमा बन्ने चलचित्र मार्फत राजेन्द्र खड्गी कमब्याक गर्दैछन्। चलचित्रमा प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा चलचित्रको छायंकन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्