सपनाको कथामा धिरज र जसिताको ‘ज्याकीः आई एम ट्वान्टी वान’ ट्रेलर


बैशाख २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ। नेपालको पहिलो डान्स ड्रमाको रुपमा चित्रित गरिएको चलचित्रको ट्रेलरले सपनाको कथा बोलेको छ। परिवारले आफ्ना सन्तान माथी देख्ने सपना र आफुले आफ्ना लागी देखेको सपना र यसले निम्त्याउने उतारचढावको वरिपरि चलचित्रको ट्रेलर घुमेको छ।

आईकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा प्रभु शमशेर जवरा र प्रज्ज्वल शमशेर जबराको लगानी रहेको छ। चलचित्रको ट्रेलरमा निर्देशक रिनाशा राई रानाले कलाकार धिरज मगर र जसिता गुरुङलाई अब्बल रुपमा प्रस्तुत गरेकी छिन्। दुवैको मिहेनत स्पष्ट रुपमा देख्न सकिन्छ।

धिरज र जसिताको साथमा चलचित्रमा रिमा विश्वकर्मा, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु बजाज, सुजता राई, सुर्यमन लिम्बु, विकास जोशी, प्रदीप लामा लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्