एकसाथ चलचित्रमा देखिदै धुर्मुस- सुन्तली, वसन्तको निर्देशनमा ‘पाँच पाण्डव’ बन्ने


अभिनयमा आफुलाई बलियो रुपमा स्थापित गर्ने तयारीमा रहेका छन् सिताराम कट्टेल ‘धुर्मुस’। त्यसकै उदाहरण हो पछिल्लो समय एकपछि अर्को चलचित्रका लागी उनलाई पुगेको अफर र चलचित्रमा काम गर्ने तयारी। चलचित्र ‘लाज शरणम्’ बाट चलचित्र अभिनयमा कमब्याक गरेका सितारामले अर्को चलचित्रमा अनुबन्ध भएका छन्। यो चलचित्रमा उनि मात्र हैन कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ पनि अनुबन्धित भएकी छिन्।

दुवैको जोडी दर्शकले रुचाएका छन्। सानो पर्दाको हिट यो जोडी पछिल्लो समय चलचित्र ‘सेन्टी भाइरस’ मा एकसाथ देखिएका थिए । यो चलचित्र करिव पांच बर्ष अगाडी रिलिज भएको थियो। वसन्त निरौलाको निर्देशनमा तयार हुने चलचित्र ‘पाँच पाण्डव’ मा अव यो जोडी देखिने भएको हो। कल्याणी साखले चलचित्रको निर्माण गर्नेछिन्। औपचारिक घोषणा नभएको चलचित्रले निर्माण इजाजत चलचित्र विकास बोर्डबाट लिईसकेको छ ।

निर्देशक निरौलाले दशैँको फूलपातीमा रिलिज गर्ने तयारीको साथमा चलचित्र ‘दशमी’ को घोषणा गरेका थिए। यो चलचित्रमा दिपकराज गिरि , सिताराम कट्टेल देखि जितू नेपालसम्म एक साथ देखिने चर्चा रहेको थियो। तर यो चलचित्रको पनि कुनै प्रोगेस खबर बाहिरिएको छैन । अव वसन्तले कुन चलचित्र निर्माण गर्ने हुन् त्यो भने हेर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्