सहकारी अपचलनको बिषय उठान गरेको ‘महाभोज’ टिजर कस्तो छ ?


मल्टिस्टारर चलचित्र ‘महाभोज’ टिजर सार्वजनिक भएको छ। पछिल्लो समय नेपालमा विद्यमान रहेको सहकारी ठगीको घटनालाई मुख्य कथा बनाएर चलचित्रको टिजर सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक भएको टिजरमा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा देखिएका छन् भने आर्यन सिग्देल गाउँपालिका अध्यक्षको रुपमा प्रस्तुत भएका छन्। अभिनेत्री गौमाया गुरुङ्ग दयाको श्रीमतीको भूमिकामा देखिएका छन्।

त्यस्तै अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइली श्रीमान- श्रीमतीको भूमिकामा देखिएका छन्। पैसाको कारण परिवार र समाजमा देखिएको द्वन्द्व र सहकारीको पैसा अपचलनपछिको परिस्थितिलाई टिजरमा मुख्य स्थान दिईएको छ। विकास सुवेदीको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली रहेका छन्।

चलचित्रमा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय छ । चलचित्र जेठ १५ गतेबाट रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्